स्वदेशी लघुवित्तले गर्याे ३५ प्रतिशत लाभांश दिने प्रस्ताव
Investopaper, भाद्र १९, २०७६
स्वदेशी लघुवित्त वित्तीय संस्था लि.ले गत आर्थिक वर्ष २०७५/०७६ को संचित कमाईबाट शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
लघुवित्तको भदौ १८ गते बुधबार दिउसाे ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ४ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयाेजन सहित १३.२५ प्रतिशतले हुन आउने ३ करोड ४ लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यसैगरि लघुवित्तले बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनको लाभि १.७५ प्रतिशतले हुन आउने ४० लाख २५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
हाल कम्पनीकाे चुक्ता पूँजी २३ कराेड रहेकाेमा बाेनस शेयर प्रदान गरिसकेपछि २७ कराेड ६० लाख रूपैयाँ कायम हुने छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

