समता माइक्रोफाइनान्सको लाभांश घोषणाः बाेनस कति ?
Investopaper, असाैज १०, २०७६
समता माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको असोज ९ गते सम्पन्न ८१ औं बैठकले १५ प्रतिशत बोनसकाे हुन आउने रू ९१,००,८००।-(एकानव्वे लाख आठ सय) र बोनसमा लाग्ने कर सहित १६.५८ प्रतिशत अर्थात १,००,५८,७७९।- (एक कराेड अन्ठाउन्न हजार सात सय उनासी) नगद लाभांश घोषणा गरेको हो।
लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

