के डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै आनन्द अनुभव हुन्छ ?

इन्भेष्टोपेपर । कार्तिक २०, २०७८

अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा ‘प्रेम रसायन’ फिनाइलइथाइलामाइन (पीइए) हुन्छ।

कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ। साथै, मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ।

तर चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ। कोकामा ट्रिप्टोफान नामक एमिनो एसिड पनि हुन्छ जसले रक्तसञ्चार तथा सेरोटोनीनको (आनन्दको अनुभूतिसँग जोडिएको अर्को हर्मोन) स्तर बढाइदिन्छ।

त्यसोभए कहिलेदेखि चकलेट र यौनबीचको सम्बन्ध गाँसियो ? शायद १६ औँ शताब्दीतिर हुनुपर्छ। हेर्नान कोर्टेस १६ शताब्दीका एक स्पेनी कंक्विस्टेडर (अमेरिकी महादेशका भूभाग कब्जा गर्न खटाइएका लडाकू) थिए जो माया तथा एज्टेक साम्राज्यहरूमा पुगे।

हाल मेक्सिको रहेको सम्पूर्ण जसो भूभाग कब्जा गरेर उनले क्यास्टिल साम्राज्यको अधिनमा ल्याए। चकलेटको सम्पर्कमा आउने पहिलो युरोपेली उनै भएको ठानिन्छ।

डार्क चकलेट
वैज्ञानिकहरू भन्छन् डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ

उनले स्पेनका राजालाई लेखेको पत्रमा आफूले स्थानीय माया समुदायका मानिसहरूले कोकाको झोल खाने गरेको देखेको र त्यसले ‘प्रतिरोध क्षमता बढाइदिने र थकान हटाउने’ उल्लेख गरेका छन्।

तर निश्चित रूपमै चकलेटको प्रयोग यौनवर्द्धक ओखतीको रूपमा भएको प्रमाण भने छैन। ट्रिप्टोफानका अन्य स्रोतहरू: सालमन माछा, अण्डा, कुखुरा, पालुङ्गोको साग, बियाँ, काजुकिसमिस तथा भटमास।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *