ज्योति विकास बैंकद्वारा ट्राफिक चिन्ह राख्न सहयोग​

Investopaper, असाैज १४, २०७६

ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखा देखि झोरको मालुङसम्म ७० वटा ट्राफिक चिन्ह राख्न सोमबार एक कार्यक्रममार्फत आर्थिक सहयोग प्रदान गरेको छ​। टोखा नगरपालिका वडा नं २ द्वारा आयोजित जनचेतना कार्यक्रममा ज्योति विकास बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत उक्त सहयोग प्रदान गरेको हाे ​।

कार्यक्रमको प्रमुख आतिथित्व नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले गर्नुभएको थियो भने विशिष्ट अतिथिको रुपमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानी माया डङ्गोल​ तथा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली उपस्थित हुनुभएको थियो। टोखा वडा नं २ का वडाध्यक्ष  दिपक राज जोशीले उक्त कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभ​एको थियो।

बाटोमा गुड्ने सवारीहरुको सहजता र चेतनाको लागि टोखा देखि झोरको मालुङसम्म ७० वटा ट्राफिक संकेत चिन्ह बोर्ड राखिने भ​एको छ​। टोखा नगरपालिका वडा नं २ र ज्योति विकास बैंकको संयुक्त सहकार्यमा सवारी दुर्घटना न्यूनिकरण तथा जनचेतनाको लागि सो चिन्हहरु निर्माण गर्ने निर्णय भएको हो।

कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि मेची देखि महाकालिसम्म सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभ​एको थियो।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखाहरु संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *