डा. केसी र सरकारबीच ८ बुँदे सहमति : अनसन तोड्दै

इन्भेष्टाेपेपर । असाैज २५, २०७७

विगत २७ दिनदेखि आमरण अनशनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच आमरण अनसन तोड्ने सहमति भएको छ । अनसनको २७ औँ दिनमा  दुवै पक्षबीच शिक्षण अस्पताल परिसरमा शनिबार मध्यराति सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सो सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसी स्वयम आफैले हस्ताक्षर गर्नुभएको छ। यो सहमतिसँगै डा. केसीले आइतवार बिहान अनसन तोड्ने उहाँका सहयोगी प्रितम सुवेदीले जानकारी दिनु भएको छ ।

सरकार र केसी पक्षबीच तीन दिनमा पटक पटकको वार्तापछि यो सहमति जुटेको हो । वार्ताका लागि सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा  रहनु भएको थियो । डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री र अधिवक्ता ओमप्रकाश अर्यालसहित सहभागी हुनुहुन्थ्यो ।

सहमति पत्रकाे छायाँ प्रति –

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *