डा. भगवानसँग मुक्तिनाथ विकास बैंकको सहकार्य
इन्भेष्टाेपेपर । पुष २४, २०७९
काठमाणडाैँ । मुक्तिनाथ विकास बैंक लि.ले १७औं वर्षमा प्रवेश गरेकाे अवसरमा सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रो. डा. भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था Kathmandu Institute of Child Health संग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ ।
बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता बमोजिम झापा जिल्ला दमक स्थित निर्माणाधिन बाल अस्पताल निर्माणको लागि बैंकले रु ५ लाख सहयोग गर्नेछ।
बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताउनु भएको छ ।
