अण्डाको मूल्य बढ्यो
इन्भेष्टाेपेपर । साउन ६, २०८३
काठमाण्डाैँ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागु हुनेगरी कुखरराकाे अण्डाकाे मूल्य बढाएकाे छ । संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ।
‘‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको तर माग बढेपछि मूल्य बढ्न थालेको हो।
संघका अनुसार आजबाट लागु हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४५० रुपैयाँबाट ५०० रुपैयाँ पुगेको छ। मध्यम अण्डा ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ। सानो अण्डा ४१५ रुपैयाँ पुगेको छ। सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको हो।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयाे। दैनिक ४५ लाख हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उहाँ बताउनुहुन्छ।
जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको ५५० रुपैयाँमा बिक्री भएकोमा घटेर ४५० रुपैयाँमा झरेको थियो। एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्छ। प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँले जानकारी गराउनुभयाे।
