चुनाव प्रचारप्रसार अन्तिम चरणमा, आज राति १२ बजेदेखि मौन अवधि शुरू
इन्भेष्टाेपेपर । फागुन १८, २०८२
काठमाण्डाै । फागुन २१ गते विहिवार हुन लागेको चुनावका लागि प्रचारप्रसार गर्न पाइने आज अन्तिम दिन हो । आज राति १२ बजेदेखि मौन अवधि शुरू हुने भएकोले देशैभरि राजनीतिक दल, उम्मेदवार र उनीहरूका कार्यकर्ताहरू चुनाव प्रचारप्रसारको अन्तिम चरणमा व्यस्त छन् ।
मतदान हुनुभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुन्छ । आज राति १० बजेदेखि चुनावको भोलिपल्ट फागुन २२ गते शुक्रवार बिहान ६ बजेसम्म नेपाल–भारतका सीमा नाकाहरू बन्द गर्ने स्थानीय प्रशासनहरूले निर्णय गरेका छन् ।
एकै चरणमा हुन गैरहेकाे प्रतिनिधी सभा सदश्य निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद छान्न छुट्टाछुट्टै मतपत्रमार्फत मतदान हुनेछ ।
