हुवासिन र होङ्सी शिवम् सिमेन्ट उद्योगलाई विद्युत्

इन्भेष्टोपेपर । कार्तिक ४, २०७८

काठमाडाैं । वैदेशिक लगानीका दुईओटा ठूला सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले बिजुली उपलब्ध गराउने भएको छ । डिजेलको प्रयोगबाटै व्यावसायिक उत्पादन थालेको होङ्सी शिवम् सिमेन्टले ३ वर्षपछि उद्योगमा बिजुली पाउँदै छ भने निर्माणाधीन हुवासिन सिमेन्टले पनि विद्युत् पाउने भएको छ ।

कात्तिक अन्तिमसम्ममा परीक्षण उत्पादन थाल्ने तयारीमा रहेको हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराउन मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेकमा रहेको स्वीचिङ स्टेशनलाई चार्ज गरिएको छ । उद्योगले सबस्टेशन बनाई तयार भइसकेको जानकारी गराउनासाथ विद्युत् उपलब्ध गराउने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्टका नेपाली लगानी साझेदार सुरज वैद्यले विद्युत्का लागि आवश्यक सबस्टेशनहरू उद्योगले तयार गरेको बताए ।

यही महीनाको अन्तिमसम्ममा परीक्षण उत्पादन गरिने पनि उनले जानकारी दिए । उद्योगले नै आपैm सबस्टेशन बनाइसकेको भन्दै उनले अब विद्युत् परीक्षणका लागि तयारी गरिएको बताए । दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन लक्ष्य राखेको भन्दै वैद्यले अहिले उद्योगमा आवश्यक मेशिनहरू जडान भइसकेको जानकारी दिए । उद्योगमा अधिकतम जनशक्ति नेपालकै उपयोग गर्ने उनको भनाइ छ । उद्योगले २० मेगावाट विद्युत् माग गरेको छ ।

होङ्सी र हुवासिन २ सिमेन्ट उद्योगमा ५२ मेगावाट विद्युत् खपत हुनेछ । नवलपरासीमा सञ्चालित होङ्सी शिवम् सिमेन्टले ३२ मेगावाट विद्युत् मागको प्रस्ताव प्राधिकरणलाई गरिसकेको छ । २०७५ जेठदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सीले यही तिहारअघि वा तिहारलगत्तै विद्युत् पाउने बताइएको छ । रू. ३६ अर्ब लगानीको उक्त सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाले बिजुली उपलब्ध गराउनेछ ।

उक्त प्रसारणलाइन निर्माण शुरू गरी २०७६ चैतमा उद्योगसम्म विद्युत् पु¥याउने लक्ष्य आयोजनाले राखेको भए पनि रूख कटान, टावर व्यवस्थापन र पछिल्लो समय देखिएको कोरोना भाइरसका कारण निर्माणमा अवरोध हुँदा विद्युत् दिने भाखा सरेको थियो । आयोजना प्रमुख हरि पाण्डेले केही दिनदेखि परेको झरीका कारण केही दिन ढिलाइ हुन सक्ने सम्भावना रहेको भए पनि तिहारअघि वा पछि तुरुन्तै उद्योगले बिजुली पाउने जानकारी दिए ।

‘उद्योगलाई कात्तिक १५/१६ गतेसम्ममा बिजुली उपलब्ध गराउने निश्चित थियो,’ उनले भने, ‘केही दिनयता परेको पानीका कारण केही दिन ढिलाइ भए पनि यही महीनाभित्र उद्योगले बिजुली पाउनेछ ।’ यी दुईओटै सिमेन्ट उद्योगमा लगानीको अधिकांश अंश चिनियाँ लगानीकर्ताको छ । नेपालमा वैदेशिक लगानी ठूला सिमेन्ट उद्योगमा यी पर्छन् ।
होङ्सी सिमेन्ट उद्योगका अधिकारीले विद्युत् उपलब्ध हुने वित्तिकै अहिलेको उत्पादनलाई दोब्बर गरिने तयारी गरेको बताए । उत्पादन दोब्बर बनाउन लगानी पनि थपिने जानकारी दिए ।

पहिलो चरणमा हाल दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले बिजुलीको गुणस्तर हेरेर लगानी थप्दै दोब्बर अर्थात् दैनिक १ हजार २०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ । याे समाचार आजकाे आर्थिक अभियानमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *