‘एसेन्सो’ ब्राण्डका ओटीआर टायर नेपाली बजारमा
इन्भेष्टोपेपर । माघ २५, २०७८
काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् ।
ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । आज आयोजित एक कार्यक्रमकाबीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गर्नुभएकाे हाे ।
यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ । भारतको प्रतिष्ठित महंसरिया परिवारद्वारा सञ्चालित यो तेस्रो उद्यम हो । तीन दशक भन्दा लामो समय देखि उनीहरुले विश्वमै लोकप्रिय अन्य दुई टायर ब्रान्ड समेत उपलब्ध गराइसकेका छन् ।
भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल यो ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित छ ।
