खोटाङ्गको रावावेशीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

इन्भेष्टोपेपर । पुष ७, २०७८

काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिकाकाे केन्द्र हरमटारमा नयाँ शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । याे बैंककाे २५७औं शाखा कार्यालय हाे। लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको छ ।

उक्त अवसरमा माननीय माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउनुभयो ।

बैंकको प्रदेश न. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा खोटाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, रावावेशी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौला लगायत विभिन्न कार्यालयका प्रमुखहरू तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *