अाज शुक्रबार घट्याेः सुनचांदि तथा अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ
Investopaper फागुन १७, २०७५
सुनचांदीः
सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज घटबढ भएको छैन । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
विदेशी मुद्राः
साताको अन्तिम दिन आज शुक्रवार अमेरिकी डलरसहित सबै विदशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४६ पैसा तोकेको छ । बिहीबार खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा थियो।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा थियो ।
यस्तै आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९६ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६० पैसा तोकिएको थियो । आज बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०० रुपैयाँ ९५ पैसा छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०८ पैसा रहेको थियो ।
शुक्रबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ । बिहीबार वन एक सयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा थियो ।
