गाब्रियलको विजयसँगै चिलीमा बलियो सरकार बन्ने अपेक्षा

इन्भेष्टोपेपर । पुष ६, २०७८

सान्टियागो । वाम झुकावका उम्मेद्वार गेब्रियल बोरिकले आइतबार चिलीको राष्ट्रपतिको निर्वाचनमा जित हाँसिल गरेसँगै बलियो सरकार बन्ने अपेक्षा गरिएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी — दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टले ट्विटरमा लेख्नुभएको छ, “मैले उहाँलाई उहाँको ठूलो विजयको लागि बधाइ दिएँ। आजदेखि उहाँ चिलीको निर्वाचित राष्ट्रपति हुनुहुन्छ र हाम्रो सबै सम्मान र रचनात्मक सहयोगको योग्य हुनुहुन्छ ।”

बोरिकले ५५.८७ प्रतिशत भोट प्राप्त गर्नुभएको छ भने कास्टले ४४.१३ प्रतिशत मत प्राप्त गर्नुभएको छ । यसै गरी चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले नवनिर्वाचित राष्ट्रपतिसँग फोन वार्तालापमा बोरिकले “आफैले सबै भन्दा राम्रो” नतिजा दिनेमा आफू विश्वस्त रहेको बताउँनु भएको छ। “हामी सबैलाई आशा छ कि तपाईले चिली र चिलीका लागि धेरै राम्रो सरकार बनाउनुहुनेछ,” पिनेराले भन्नुभयो।

राष्ट्रपतिले निर्वाचनमा ८ मिलियन भन्दा बढी मानिसहरूले मतदान गर्नु देशको इतिहासमा सबैभन्दा ठूलो संख्या भएको उल्लेख गर्नु भएको छ। ३५ वर्षीय बोरिक म्यागालानेसको दक्षिणी क्षेत्रका डेपुटी हुनुहुन्छ। उहाँ ‘अप्रुभ डिग्निटी’का उम्मेद्वार हुनुहुन्छ जुन वामपन्थी गठबन्धन हो जसमा ब्रोड फ्रन्ट गठबन्धन र चिलीको कम्युनिष्ट पार्टी समावेश छ।  (रासस-सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *