गुल्मीको छत्रकोटमा भएको उखु महोत्सवबाट किसान उत्साहित

न्भेष्टाेपेपर । वैशाख ८, २०८१

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा भएको उखु महोत्सवबाट किसान उत्साहित भएका छन् । उखुको उत्पादनलाई थप व्यवसायिक बनाउँदै खेती प्रवर्द्धन र विकास तथा बजारीकरणका लागि गाउँपालिकाले हिजो दिगाममा एक दिने उखु महोत्सव गरेको हो ।

पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि गरिएको महोत्सवमा परम्परागत शैलीमा गोरुको प्रयोग गरी उखु पेल्ने, खुदो र गुड बनाउने तथा उखुको रसबाट उत्पादित सामग्री प्रदर्शनीमा राखिएको थियो ।

महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवम् पुरानो जातका उखुहरु प्रदर्शन गरिएको थियो । गाउँपालिकाले वडा नम्बर–४ दिगाममा पहिलो पटक महोत्सव गरेको हो ।

छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवर्धन र विकाससँगै किसानलाई थप व्यवसायिक बनाउन महोत्सव आयोजना गरिएको बताउनुभयो । छत्रकोट गाउँपालिकामा मात्रै झण्डै तीन सय जना किसान व्यवसायिक उखु खेतीमा लागेका छन् ।

गुल्मीमा यसवर्ष पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ (खुदो र गुड) उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । याे समाचार उज्यालाे खवर पत्रिकामा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *