अश्लील जस्तै देखिने सखरखण्ड फलेपछी किसान तीनछक

इन्भेष्टोपेपर । पुष ५, २०७८

निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि एकजना किसान तीनछक परे । बेलायतको केन्ट निवासी किसान बेन फ्लेचले जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर उनलाई लाजमर्नु भयो ।

सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन । सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । ‘त्यो निकै अचम्मको थियो, कुनै केटी नांगै निहुरिएको जस्तो’ बेन भन्छन् ।

आफुले त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक्क परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको उनी बताउँछन् । त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । केही दिनपछि उनले उक्त सखरखण्ड फ्याँके । यो घटना केहि बर्ष पहिलाको हो । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *