मल्चिङ प्रविधीबाट आलु खेतीतर्फ किसानको आकर्षण

इन्भेष्टाेपेपर । कार्तिक २१, २०८३

अछाम । मल्चिङ प्रविधीबाट लगाएको आलु खेती प्रभावकारी बन्दै गएपछि अछामको साँफेबगर नगरपालिका ४ मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले आलु खेती विस्तार गर्दै गएको छ । २०८० सालबाट आलु खेती सुरु गरेको सहकारीले प्रविधीको प्रयोगसँगै आलु खेती विस्तार गर्दै गएको छ । सात रोपनीबाट भाडाको जग्गाबाट आलु खेती सुरु गरेको सहकारीले ३ वर्षमै भाडाकै २२ रोपनी क्षेत्रफलमा आलुखेती विस्तार गरेको, सुरुमा प्रयोगका लागी पुरानो गाउले तरिका र मल्चिङ प्रविधीबाट छुट्टा छुट्टै आलु खेती गर्दा मल्चिङ प्रविधीबाट लगाएको आलु ३० प्रतिशत उत्पादमा बृद्धी भएको सहकारीका अध्यक्ष सुरत बहादुर भुलले बताउनुभयो ।

२०८१ सालमा तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन कार्यन्वय ईकाइ अछामको आलु पकेट कार्यक्रमको सहयोगमा मल्चिङ प्रविधीबाट आलु खेती लगाउन सिकेकोमा अहिले सहकारीले आफ्नै लगानीबाट आलु खेती विस्तार गरको सहकारीका अध्यक्ष भुलले बताउनुभयो ।

गत बर्ष यही प्रविधीबाट आलु  लगाउँदा ५५ क्विन्टल उत्पादन गरेर ४ लाख ५० हजारको बिक्री गरिएको र यस बर्ष १ सय ५० क्विन्टल आलु उत्पादन गर्ने लक्ष्य लिइएको, अहिले आलु खेतीका लागी ९ जना सहकारीका पूर्णकालीन कर्मचारी र ८ जना ज्यालादारीमा कामदार लगाएर लगाउने काम भइरहेको सहकारीका अध्यक्ष भुलले बताउनुभयो ।

मल्चिङ प्रविधीबाट लगाउने बेला मात्रै समय लागेपछि गोडमेल गर्न नपर्ने, माटोको चिस्यान हावामा उडेर जान नपाउने जसले गर्दा सिँचाइको आवश्यकता कम पर्ने, आलु सिँधै माटो र घामको सम्पर्कमा नआउने हुनाले आलु हरियो नहुने र आलुका दानाहरू ठुला हुने हुँदा उत्पादनमा समेत वृद्धि हुने साँफेबगर नगरपालिका ३ का कृषक मंगल रावलले बताउनुभयो । 

मल्चिङ प्रविधीबाट आलु लगाउनका लागि आलु जोन कार्यक्रममार्फत सम्पुर्ण सहयोग गरिरहेको हालसम्म २१ भन्दा बढी कृषि समूह, सहकारीलाई सहयोग गरिसकिएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन ईकाइ अछामका कृषि प्राविधिक पूर्ण ढुंगानाले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *