फिफा विश्वकप-२०२२ : सेमिफाइनल समिकरण पूरा
इन्भेष्टाेपेपर । मंसिर २५ २०७९
काठमाण्डाैँ । कतारमा जारी फिफा विश्वकप फुटवल-२०२२ का क्वाटरफाइनल चरणका खेलहरू समाप्त भै सेमिफाइनलकाे लागि चार टाेली छानिएका छन् । आइतवार विहान इंग्लैण्ड र फ्रान्सबीच भएकाे खेलसंगै सेमिफाइनलकाे समिकरण पूरा भएकाे छ ।
अब सेमिफाइनलमा साविक उपविजेता क्राेएशिया र अर्जेन्टिना तथा माेरक्काे र साविक विजेता फ्रान्सबीच भिडन्त हुने छ । क्राेएशिया र अर्जेन्टिनाबीचकाे पहिलाे सेमिफाइनल बुधवार १४ डिसेम्वरका दिन १२.४५ बजे हुनेछ भने दाेश्राे सेमिफाइनल १५ डिसेम्वरका दिन १२.४५ बजेबाट शुरू हुनेछ ।
साविक उपविजेता क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेशन सिटी स्टेडियममा शुक्रबार राति भएको रोचक खेलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो ।
यसैगरि टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ४-३ गोलले स्तब्ध बनाउँदै अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लुसेल आइकोनिक स्टेडियममा शुक्रबार राति भएको निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा अर्जेन्टिनाले बाजी मारेको हो ।
विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश मोरोक्को कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरोक्कोले पोर्चुगललाई १-० गोलले हरायो ।
यसैगरि साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इङग्ल्यान्डलाई २-१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।
