नबिल बैंकद्धारा सल्यानकाे दार्मामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इन्भेष्टोपेपर । मंसिर १, २०७८

काठमाण्डाैं । नबिल बैंकले सल्यानकँ दार्मामा दिगो बैंकिह् तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउञपालिकासगं दिगाे बैंकिग अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेकाे छ ।

दार्मा गाउँ पालिकामा नबिल बैंककाे तर्फबाट नबिल दिगँ बैंकिगका प्रबन्धक लिला प्रसाद अँझा र गाउँ पालिकाकाे तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त साझेदारी मार्फत गाञउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्धमीहरुलाई गाउँ पालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ताे कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद माननीय टेक बहादुर बस्नेत, गाउँ पालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँ पालिकाबासीहरुकाे उल्लेख्य उपस्थिती रहेकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *