प्रथम महाधिवेशन : नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित

न्भेष्टाेपेपर ।  फागुन २, २०८१

काठमाडौँ । नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन ।

चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ मत प्राप्त गर्दा अर्का प्रतिस्प्रधि चापागाईँले ७३ मत मात्र ल्याए । 

यसैगरी महासचिवमा सोनामसिंह स्याङ्तान विजयी भएका छन् । उपाध्यक्षहरुमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई, दुर्गा सोब, ईश्वरी रिजाल, टेकबहादुर बाठामगर, उमेश शाह चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्विरोध भएका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *