पाँच तारे होटल ‘हायात प्लेस’ सञ्चालनमा आउँदै, ५ अर्व लगानी

इन्भेष्टोपेपर । कार्तिक २८, २०७८

काठमाडौँ ।  अमेरिकी होटल ब्रान्ड हायातको दोस्रो ब्रान्डको पाँचतारे होटल काठमाडौँमा सञ्चालनका लागि तयार भएको छ । गोल्यान ग्रुुपले ‘हायात प्लेस’ नामबाट काठमाडौँको सोल्टीमोडमा सञ्चालनमा ल्याएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउन लागेको होटलमा १५३ कोठा रहेका छन र पाँच अर्ब लगानीमा निर्माण भएको हो ।

नेपालमा गोल्यान ग्रुुपको लगानीमा निर्माण भएको होटल सनर २०२० को सुरुवातमै होटल सञ्चालनमा ल्याउने तयारी गरे पनि कोभिडका कारण ढिला भएको पत्रकार सम्मेलनमा बताइयो ।

करिब साढे १० रोपनी क्षेत्रफलमा होटल निर्माण सम्पन्न भएको छ । हायात प्लेस १४ तले भवनमा छ । जहाँ सवारीसाधन पार्किङका लागि दुुई तल्लाको ‘बेसमेन्ट’ छ । पहिला सवा तीन अर्ब रुपियाँ लागत अनुमान गरिएकामा अहिले करिब चार अर्ब रुपियाँ पुगेको होटल गोल्यान ग्रुुपका अध्यक्ष पवन गोल्यानले बताउनुुभयो ।

होटलका सुइट रुम ६० वर्गमिटरका फराकिला हुनेछनर । जसमा बेडरुम र लिभिङ एरिया छुटरयाइएको हुनेछ । सुइट रुममा किङ बेड, सोफा, चार जना पाहुनालाई राखेर खुवाउन मिल्ने डाइनिङ टेबल हुनेछ ।

ग्राहकले आफूअनुकूल किङ बेडसहित टेरेस, टिरवन बेडसँगै टेरेस, सिटी भ्युसहित सोफा कोठा, सिटी भ्युसहित टिरवन बेड, टिरवन बेडसहित सोफालगायतका कोठा रहेको हायात प्लेसका महाप्रबन्धक वरुण तलवारले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *