ताइवानका पूर्वराष्ट्रपति लीको निधन

इन्भेष्टोपेपर ।  श्रायण १६, २०७७ 

ताइपेई । ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि अशक्त रहनु भएको पारिवारिक स्रोतले जनाएको छ ।

ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्वराष्ट्रपति लीका शरीरका भित्री अङ्गहरूले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरूलाई जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति हुनुहुन्थ्यो ।  ( रासस / एएफपी )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *