चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङकाे ६८ वर्षकाे उमेरमा निधन

न्भेष्टाेपेपर । कात्तिक १०, २०८०

काठमाण्डाैँ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्दै आउनुभएको थियो । उहाँ सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा हुनुहुन्थ्यो ।

सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो । पेकिङ विश्वविद्यालयमा अध्ययन गर्नुभएका उहाँ अर्थनीतिको जानकार पनि हुनुहुन्थ्यो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *