टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला

न्भेष्टाेपेपर । भाद्र २८, २०८०

दक्षिण–पश्चिम टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला परेको छ । अनुसन्धानकर्ताहरुको एक समूहले दक्षिण–पश्चिम टर्कीमा उत्खननका क्रममा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला पारेका हुन् ।

फेलिडे प्रजातिको एक दुम्सी र अन्य पंक्षीहरुको जीवाश्म फेला परेको हो । सन् २०१७ देखि डेनिजली प्रान्तको ताभास जिल्लामा अनुसन्धानकर्ताहरुको समूहद्वारा जारी उत्खननको एक भागको रुपमा यी जीवाश्महरु फेला परेका हुन् ।

अनुसन्धानको नेतृत्व गर्ने बर्दुर मेहमेट अकिफ एरसोय विश्वविद्यालयका मानवशास्त्री अहमद इहसान आयटेकले दुम्सी एनाटोलियामा दुर्लभ प्रजाती भएको र यसको जीवाश्म फेला पार्नु ठूलो सफलता भएको बताउनु भयो । अनुसन्धानकर्ताहरुले यसअघि उत्खनन स्थलमा हात्ती, गैंडा, जिराफ, घोडा, मृग र हरिण लगायतका १५ जनावरको जीवाश्म फेला परेको बताएका थिए ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *