मेगा बैंकको संस्थापक शेयर लिलामीमा

इन्भेष्टोपेपर । फागुन १२, २०७८

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । 

बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । शेयर बिक्री गर्दा पहिलाे प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था बमोजिम बैंकले यो सूचना जारी गरेको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ । यदी ताेकिएकाे समयमा शेयर बिक्री नभएमात्र अर्काे सूचना जारी गरेर सर्वसाधारणलाइ बिक्री खुल्ला गरिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *