रेड पाण्डाको छालासहित बसुन्धाराबाट ४ जना पक्राउ

इन्भेष्टोपेपर । पुष १५, २०७८

काठमाडौँ । महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे)को अवैध रुपमा चोरी पैठारी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धादिङ गङ्गाजमुना गाउँपालिका-७ का निरबहादुर घले, सिन्धुपाल्चोक चौतारा-१३ का सुरेश गिरी, नुवाकोट शिवपुरी गाउँपालिका-४का कृष्णबहादुर तामाङ र ओखलढुंगा माने भन्ज्याङ- २ का मोहनकृष्ण कार्की रहेका छन् ।

महाशाखाका अनुसार उनीहरुलाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले बसुन्धाराको मयुर क्याफेबाट उनीहरुलाई पक्राउ  गरेको हो।

पक्राउ परेकाहरुको साथबाट रेडपाण्डाको छाला ४ थान र ४ थान मोबाइल समेत बरामद गरिएको महाशाखाले जनाएको छ।

उनीहरुमाथि थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *