नेपाली सेना दिवसको अवसरमा निःशुल्क डिम्याट र मेरो शेयर खाता

न्भेष्टाेपेपर । फागुन २४, २०८०

काठमाण्डाैँ । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा “ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ ।

शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी ज्योति क्यापिटलले नेपाली सेनाको सम्मानमा यो योजना ल्याएको हो ।

योजना अवधिभर नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनुहुनेछ ।

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा रहेकाे लिंकमा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना यही फाल्गुण २४ गते देखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *