दशैंका लागि नयाँ नोट वितरण आजदेखि १७ गते सम्म
Investopaper, असाैज १०, २०७६
नेपाल राष्ट्र बैंकले असोज १० गते (आज) शुक्रबारदेखि नयाँ नोट वितरण गरेको छ। नयाँ नाेट सटही सुबिधा बिभन्न बैकहरू मार्फत १७ गतेसम्म लिन सकिने छ ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक-एक बण्डल गरि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्मका नयाँ नोट उपलब्ध गराउनेछ। पाँच सय र एक हजारका नोट भने चाहे जति वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले जनाए अनुसार कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा मार्फत नयाँ नोट सहटी गर्न सकिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार न्यूरोड, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट सर्वसाधारणले नयाँ नोट साट्न सक्नेछन्।
यसैगरि नेपाल बैंकको काठमाडौं बैंकिङ्ग अफिस न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट पनि सर्वसाधारणले रकम साटन पाउनेछन्।
यस्तै राष्ट्र बैंकको केन्द्रीय कार्यालय वालुवाटारबाट पनि सर्वसाधारणले नयाँ नाेटकाे सटही सुविधा लिन सक्नेछन ।
उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण हुनेछ । निजी क्षेत्रका बैंकहरुलाई पनि केन्द्रीय बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म नयाँ सटहीका लागि उपलब्ध गराएको जनाएको छ ।
