इन्धनको मूल्य बढ्यो

न्भेष्टाेपेपर । असार १७, २०८१

काठमाण्डाैँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो । 

निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैया ९१ ले बढेको हो । आइओसीले प्रत्येक महिनामा दुई पटक मूल्य पठाउने गर्छ । सोही मूल्यका आधारमा निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।  

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६४ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १ सय ५४ रुपैयाँ ५० पैसा कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ र डिजेलको मूल्य १ सय ५६ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *