आर्थिक बर्ष २०७८/०७९ को मौद्रिक नीतिकाे पूर्णपाठ, के के छन् नयाँ प्रावधान
इन्भेष्टोपेपर । श्रावण २९, २०७८
काठमाडौँ । अाज श्रावण २९ गते शरक््रबारकाे दिन नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
काेराेनाबाट अति प्रभावित व्यवसायले भुक्तानी गर्नुपर्ने साँवा व्याजकाे अवधि १ बर्षकाे लागि बढाउन सकिने भएकाे छ । यस पटककाे माेद्रिक नीतिले बैंकहरूले कायम गर्नुपर्ने सिसिडी रेसियाे खारेज गरेकाे छ । यसैगरी सिआरआर र बैंकदर यथावत राखिने भएको छ ।
यसैगरि सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा उपलव्ध गराइने छ र यस्ता कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ ।
मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गर्दै एक जनाले अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने व्यवस्था गरेको छ। एक बैंकबाट भने ४ कराेडसम्म मात्र लिन सकिने छ । राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनी र थोक कर्जा प्रवाह गर्ने लघुवित्तले न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने छ ।
माैद्रिक नीतिकाे पूर्णपाठ यहाँ हेर्न सक्नुहुनेछ ।