यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकका रुपमा जी.पी. शाह अनुबन्धित

न्भेष्टाेपेपर । माघ १२, २०८१

काठमाडौँ । नेपालको खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रा.लि. ले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जी.पी. शाहलाई नियुक्त गरेको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

शुक्रबार, काठमाडौँको सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फूड्सले उक्त घोषणा गरेको थियो । समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले खादा र फूलको गुच्छा सहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गर्नु भएको थियो ।

“यशोदा फूड्स प्रा. लि. संग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार
हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो । गुणस्तर र नवप्रबद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडी बढाउन पाउँदा म निकै उत्साहित छु ।” समारोहमा आफ्नो मन्तब्य राख्दै उहाँले भन्नुभयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *