ग्याब्रियलको कस्टमर मिट कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर ।  भाद्र ६, २०७९

काठमाडौं । ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रालिले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न सो कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्ष पश्चात तेब्बर बनाउने लक्ष्य रहेको बताए । आगामी दिनमा ग्राहकका लागि थप गुणस्तरीय सामग्री उपलब्ध गराउने र नेपाली बजारलाई कम्पनीले विशेष प्राथमिकता दिएको उनले बताए ।

एसडीआई अटोमोबाइल्सका चेयरम्यान दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जिव हमालले सबै रिटेलरहरुलाई स्वागत गर्दै आगामी दिनमा एक अर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गरे ।

नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोर्क्स, इनर ट्युब, फ्रन्ट फोर्क्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, ह्विल रिम, ब्रेक फ्लुइडसहित २५ पार्ट्सको उपलब्ध छन् । ग्याब्रियल भारतमा आनन्द ग्रुपको एक हिस्सा हो । सन् १९६१ मा ग्याब्रियलबाटै आनन्द ग्रुपको व्यवसाय प्रारम्भ भएको थियो ।

त्यो समयमा एक कम्पनी र वार्षिक टर्न ओभर १ करोड हुने गरेकोमा सन् २०२१ सम्मको अवधिमा २० कम्पनी र १३ हजार करोडको टर्न ओभर हुने गरेको छ । पहिले महाराष्ट्रमा मात्र प्लान्ट रहेकोमा अहिले ६० स्थानमा प्लान्ट उपलब्ध छन् । पहिले एक राज्यमा मात्र व्यवसाय भएकोमा अहिले ११ राज्यमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *