काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

इन्भेष्टोपेपर । पुष १, २०७८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी हुनुभएकाे छ । गगन थापाले सबैभन्दा बढी  ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित हुनुभएकाे हाे ।

त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित हुनुभएकाे छ। निर्वाचन समितिले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।

यसैगरी, प्रकाशशरण महत १५५० मतसहित तेस्रो, प्रदीप पौडेल १४०९ मतसहित चौथो स्थानमा रहनुभयाे भने अर्का प्रत्यासी मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गर्नुभएकाे थियाे भने राजाराम कार्कीले १०७ मत पाउनुभयाे ।

महामन्त्रीका प्रत्यासी महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बन्नुभएकाे थियाे भने रिजाल र थापा कोइराला प्यानलका उम्मेदवार हुनुहुन्थ्याे। त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार र कार्की निधिको प्यानलका उम्मेदवार हुनुहुन्थ्याे। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *