गण्डकी विकास बैंकको नगद लाभांश बैंक खातामा
माघ ५, २०७६ | Investopaper
गण्डकी विकास बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गर्ने भएको हो ।
बैंकको पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले १७ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले पुस १५ गतेसम्म र साे मिति पछि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्नेछ ।
साथै बैंकको शेयर पुस १५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र जम्मा हुने र सो मिति पश्चात कर्जा चुक्ता गरेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र उक्त लाभांश खातामा जम्मा हुने बैंकको सूचनामा उल्लेख छ ।