जनरल इन्स्योरेन्स कम्पनीको अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न

इन्भेष्टोपेपर । फागुन २४, २०७८

पाेखरा । जनरल इन्स्योरेन्स कम्पनीको पोखराको होटेल एल्लो प्यागोडा पोखरा प्रा लि. मा देशै भरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरुकाे समुपस्थितिमा तीनदिने अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न भएकाे छ ।

यस कार्यक्रममा शाखा कार्यलयहरुको बिगत बर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या, समाधान र आगामी बर्षका रणनितिक योजनाहरु माथि छलफल भयो । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता तथा संचालक द्वय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा तीन दिनसम्म सभा संचालन गरिएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मानसहित ताम्र पत्र प्रदान गरेको थियो । अन्तमा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत शाखा तथा कर्मचारी हरुलाई बधाई दिदै सम्पूर्ण शाखाका कर्मचारीहरुलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागी, अनुसाशित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नु पर्नेमा जोड दिनुभयो र कम्पनीको लक्ष्यमा पुग्नको लागि अहोरात्र खट्न पनि अनुरोध गर्नु भयो I

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *