शतप्रतिशत लाभांश पारित गर्दै हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न

इन्भेष्टोपेपर । पुष २९, २०७८

काठमामाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको बुधवार वीरगञ्जमा सम्पन्न सभाले शतप्रतिशत लाभांशकाे प्रस्ताव पारित गर्दै २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

उक्त सभाले ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५१ करोड पुगेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २१ करोड १२ लाख नाफा कमाएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *