आज घोडेजात्रा मनाइँदै, टुँडिखेलमा अश्व कला प्रदर्शन हुने

Investopaper, चैत्र २२, २०७५

काठमाडौँ, चैत २२ । चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँको टुँडिखेलमा अश्व (घोडा) कला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ ।

टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ ।पाटनमा एकल कानु घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाइन्छ ।

टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ ।

त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ सहर बाहिर पथ्र्यो । उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन् ।

यो दिनदेखि रायो चमसुर पालुङ्गो छ्यापी सूप लगायतका हरियोपरियो तरकारीको स्वाद क्रमशः समाप्त हुँदै जान्छ भन्ने मान्यता रही आएको छ ।

टुँडिखेलमा जात्राको तोप हानेपछि फर्सी, सीमी, बोडी, लौका, काँक्रो, झ्याम्टा कोसा, लगायत लहरे बालीको बीउ रोप्ने प्रचलन अद्यपि छ ।

  • गोरखापत्र दैनिकबाट ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *