ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

इन्भेष्टोपेपर । कार्तिक १८, २०७८

काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ ।

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा फैलिएको २८६ शाखा सञ्जाल सहित २५२ एटिएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २६२ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २७ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *