ग्लोबल आइएमई बैंकको २८३औँ शाखा उदयपुरको कटारीमा

इन्भेष्टोपेपर । कार्तिक १०, २०७८

काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।

मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *