ग्लोबल आइएमई बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत

इन्भेष्टोपेपर । आश्विन २, २०७

ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

१० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६-६ महिनामा व्याज प्रदान गरिनेछ ।

यस ऋणपत्रलाई रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] LA रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटि¨ले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ ।

ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै [ICRANP-IR] A- बाट [ICRANP-IR] A मा स्तरवृद्धि गरेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *