सुनचाँदीको मुल्यमा सामान्य गिरावट, आज तोलाको कति ?

इन्भेष्टाेपेपर ।  जेठ १७, २०७९

काठमाण्डाैं । आज नेपाली बजारमा सुनचाँदीकाे मुल्य घटेको छ । आज छापावाल सुन प्रतितोला रु. ९८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले घटेको हो ।

महासंघले जनाएअनुसार तेजावी सुनको मूल्यमा पनि गिरावट आएको छ । तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९७ हजार ५ सय कायम भएको छ जसको मूल्य साेमवार प्रतितोला रु ९७ हजार ७०० तोकिएको थियो ।

सुनको मुल्यसँगै चाँदीको मुल्यमा पनि ओरालो लागेको छ । चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीकाे मूल्य प्रतिताेला १५ रूपैयाँले घटेकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *