दशैँपछिकाे पहिलाे काराेवार दिनमा घट्याे सुनचाँदीको मूल्य
इन्भेष्टाेपेपर । कार्तिक ८, २०८३
काठामाडौं । दशैँपछिकाे पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य घटको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ११ हजार ७ सय र चाँदी २ सय ३० रुपैयाँले घटेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय कायम भएको छ भने चाँदी ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस तीन हजार नौ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
