सुनचाँदीकाे मूल्यमा भारी गिरावट, तोलामै बाह्र हजार पाँच सयले घट्यो

इन्भेष्टाेपेपर ।  चैत्र ८, २०८२

काठमाडौँ ।  स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा १२ हजार ५०० र चाँदी ३५५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५४० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी पाँच हजार १० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *