आज साेमबार सुनकाे भाउमा सामान्य गिरावट, चाँदी यथावत

न्भेष्टाेपेपर ।  माघ १७, २०७९

काठमाण्डाैँ । स्थानीय बजारमा आज साेमबार सुनकाे भाउमा सामान्य गिरावट आएकाे छ । यसैगरि चाँदीमा भाउमा भने यथावत रहेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज साेमबार छापावाला सुन प्रतिताेला ५ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँ कायम भएकाे छ । हिजाे नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि ५ सय रूपैयाँले कम भएकाे छ । हिजाे तेजावी सुनकाे मूल्य प्रतिताेला १ लाख ५ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे थियाे ।

यसैगरी, चाँदीकाे मूल्य भने यथावत कायम भएकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रूपैयाँ थियाे भने आज प्रतिताेला साेही भाउमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । दिनदिनै घटबढ भैरहने सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *