हप्ताको पहिलो दिन आज सुनचाँदीको मूल्य वृद्धि

इन्भेष्टाेपेपर ।  साउन ३, २०८३

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *