सुनकाे मास्क : कस्ताे बिचित्रकाे शाैख
इन्भेष्टोपेपर । असार २४, २०७७
संसारमा मानिसहस्काे शाैख पनि बडा बिचित्रकाे ह्रन्छ । धनि मानिसहरुले आफ्नो शाैखको लागी सुन लगाउने गरेको हुन्छ । तर भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको गरगहना नभई मास्क बनाएका छन् ।
दुनियाले पछिल्लो समय कोराना महामारीबाट बच्नको लागी मास्कको प्रयोग गर्दै आईरहेको बेलामा ती पुरुषले सुनको मास्क लगाएर हिँड्ने गरेका छन् । ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका भारतको पुनेका शंकर कुराडेलाई गोल्डम्यानको नामले नै चिनिन थालिएको छ ।
मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स–साना प्वाल बनाइएको छ । त्यति मात्र नभई सुनका सौखिन शंकरले सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने गर्छन् ।
— एजेन्सीकाे सहयाेगमा
