सुनको भाउ आज एकैदिन ५ हजार ६०० रुपैयाँले बढ्यो

इन्भेष्टाेपेपर ।  फागुन १०, २०८२

काठमाण्डाै । नेपाली बजारमा साताकाे पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । सुनकाे भाउ बढेर तोलाको ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *