आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

इन्भेष्टाेपेपर ।  साउन २६, २०८३

काठमाडौँ ।  स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार सात सय ८० कायम भएको छ । 

हिजो सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार छ सय ७० कायम थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *