आज स्थानिय बजारमा सुनकाे मूल्य स्थिर, चाँदीको मूल्य घट्याे

Investopaper, पौष १३, २०७६

केहिदिन देखि लगातार बढेर शिखरतर्फ चढीरहेकाे सुनको मूल्य शुक्रवारदेखि स्थिर रहेकाे छ । आज आइतवार सुनको मूल्यमा कुनै फेरबदल भएकाे छैन भने चाँदीकाे मूल्यमा झिनाे गिरावट आएकाे छ । छापावाला सुन प्रतितोला ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनकाे भाउमा पनि कुनै थपघट भएकाे छैन ।

सुनकाे मूल्य घटबढ त भइ नै रहन्छ, दशैपछि लगातार घटिरहेकाे सुनकाे मूल्य फेरी लगातार बढिरहेकाे छ । यसअघि भदौ १८ गते सुन हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्यमा भने केही मूल्य घटेकाे छ । यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवार चाँदीकाे मूल्य प्रतिताेला ८९० रूपैयाँमा काराेवार भएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *