सुनको भाउमा उच्च बृद्धी, फेरि बनायाे नयाँ रेकर्ड

न्भेष्टाेपेपर । चैत्र १६, २०८०

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज २ हजार १ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार प्रतितोला रु. एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु. एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु. एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार पाँच सय २५ पुगेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *