मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने सरकारको निर्णय

इन्भेष्टाेपेपर ।  कार्तिक २९, २०७९

काठमाडौं ।  नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मतदानस्थल रहने शिक्षण संस्था/विद्यालयहरूमा मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

सार्वजनिक तथा सरकारी कार्यालयहरूमा भने मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएकाे सूचनामा जनाइएकाे छ । मङ्सिर ४ गते एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *